कृषिमन्त्री साहद्वारा गौशालाको निरीक्षण

लहान, ११ माघ.

  प्रदेश नं २ का भूमि, व्यवस्था तथा कृषिमन्त्री शैलेन्द्रप्रसाद साहले  सप्तरी रुपनी गाउँपालिका–१ मा रहेको शास्त्री गौशाला पशुपालन फार्मको निरीक्षण गर्नुभएको छ । निरिक्षण गर्ने क्रममा मन्त्री साहले गाईपालन गर्ने कार्य सकारात्मक कार्य रहेका र यसले अर्थतन्त्रलाई समेत मजबुत बनाउने आधार भएकाले यसलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।गाई संरक्षणका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्न तयार रहेको पनि उहाँले बताउनुभयो ।फार्मका सञ्चालक पण्डित रामकुमार शास्त्रीले व्यापारको दृष्टिकोणले नभइ गौ बंशको संरक्षण गर्ने उद्देश्यले फार्म स्थापना गरिएको जानकारी दिनुभयो ।पाँच बिघा १६ धुर क्षेत्रफलमा रहेको फार्ममा २५ वटा गाई रहेका छन् ।