विकास निर्माणको कार्यमा ढिलासुस्ती प्रदेश सरकारलाई लाई स्वीकार्य नहुने – मुख्यमन्त्री

Please follow and like us:

प्रदेश नं.२ मा विकास निर्माणको कार्यमा ढिलासुस्ती नगर्न प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीहरुलाई निर्देशन दिनुभएकोछ । जनकपुरमा आज जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विकास निर्माणको कार्यमा ढिलासुस्ती प्रदेश सरकारलाई लाई स्वीकार्य नहुने बताउनुभयो ।

राउतले संघीय सरकारको असहयोगका कारण प्रदेश २ सरकारले विकास निर्माणको कार्यलाई गति दिन नसकेको बताउदै मुख्यमन्त्री राउतले यस कार्यालय को उद्घाटन ६ महिनाअघि हुनुपर्ने थियो, तर संघीय सरकारले समयमै कर्मचारी नपठाएका कारण ढिलो भएको जिकिर गर्दै यसले प्रदेश सरकारलाई काम गर्नै समस्या भएको बताउनु भयो ।
उहाँले संघीय सरकारले प्रदेश सरकारलाई असफल बनाउनकै लागि समयमै कर्मचारी पठाउने लगायत विषयमा असहयोग गरिरहेको आरोप लगाउदै एकतन्त्रिय शासनमा रमाउन चाहने स्थायी सत्ताका प्रतिनिधिहरु संघीयतालाई असफल बनाउन अग्रस्थानमा देखिएको उल्लेख गर्दै उहाँले सो मानसिकतामा परिवर्तन ल्याउन आग्रह समेत गर्नुभयो ।
मुख्यमन्त्रि राउतले संघीय सरकारको अवरोध कायम रहे पनि कर्मचारी अभावमा प्रदेश सरकारको कामकाज अवरुद्ध नहुने बताउँदै ‘प्रदेश सरकार करार कर्मचारी ऐन सदनमा गइसक्यो, संघीय सरकारले एक महिनाभित्र आवश्यक कर्मचारी नपठाए आफैं कर्मचारी भर्ना गर्ने प्रतिद्धता ब्यक्त गर्नुभयो ।
सिँचाइ डिभिजन प्रमुख भगवान झाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डिम्पल झासहितको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)