नेपाली कांग्रेसद्वारा कौडेना गाउपालिकामा शुभकामना अदान प्रदान कार्यक्रम समपन्न

अनिाता साह
०५ कार्तिक/ सर्लाही
नेपाली कांग्रेसद्वारा कौडेना गाउपालिकामा २०७७ सालको बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वका अवसरमा गरिएको शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बब्लु यादव ज्यू को अध्यक्षतामा बडा दशै , शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा सम्पुर्ण कौडेना गाउपालिका बासीमा शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । साथै बब्लु यादवले शुभकामना दिदै कोरोना भाईरस समबन्धी जनचेतना मुलक दुई शब्द कुरा पनि स्पष्ट पारिएका थिए ।

शुभकामना अदान प्रदान कार्यक्रममा प्रमुख अत्तिथीको रुपमा संघीय सांस्द तथा जिल्ला सभापती नागेन्द्र प्रसाद यादव ज्यू उपस्थित भएको थियो । यादव ज्यूले महामारीको समयमा सर्तक्ता पुर्वक चाड पर्व मनाउन अनुरोध गर्नुका साथै शुभकामना पनि व्यतm गर्नु भएका थिए ।

यस कार्यक्रममा कौडेना गाउपालिकाका आम नागरिकहरु पनि सयौँको संख्यामा उपस्थित भई शुभकामना अदान प्रदान गरिएका छन् ।