गोडैताबाट दुई लाख बढीको सोफी रक्सी बरामद

गोडैता – सर्लाहीको गोडैताबाट दुई लाख बढीको सोफी रक्सी प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी गौडैता र जिल्ला प्रहरी कार्यालय मलंगवाबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले गोडैता नगरपालिका–८, जैपुरबाट मधुवनीगोठतर्फ लाँदै गरिएको तीन बोरा सोफी रक्सी बरामद गरेको हो । बरामद रक्सीको बजार मूल्य दुई लाख २० हजार बराबर रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।
कार्यालयका रक्सी ओसारपसारमा प्रयोग गरीएको बा २६ प ८२६६ र बीआर ०६ ए एस ३१३६ नं. को मोटरसाइकल समेत बरामद भएको छ । प्रहरीलाई देख्ने बितिकै तस्करहरु भने मोटरसाइकल र रक्सी छोडेर फरार भएका थिए ।