अनेरास्ववियू सर्लाही क्यामपस कमिटी मलंगवाद्वारा ४ सय सर्वसाधरणलाई मास्क वितरण

अनिता साह
२५ साउन / मलंगवा
सर्लाहीको सदरमुकाम मलंगवामा आईतबार अनेरास्ववियू सर्लाही क्यामपस कमिटी मलंगवाले चार सय मास्क वितरण गरेको छ । जिल्ला विकास चौक देखि बालमन्दिर हुदैँ नगरपालिका चौकसम्म चार सय मास्क सर्वसाधारणलाई वितरण गरेको छ । प्रमुख अतिथि अनेरास्ववियूका सर्लाही जिल्ला संयोजक शमिमबाबु खान र उपाध्यक्ष धर्मेन्द्र टाका यादको उपस्तीतीमा मास्क वितरण भएको छ ।मलंगवा शहिद चौक देखि बजार हुँदैन, नगरपालिका चौक सम्म सर्वसाधरण नागरीक, श्रमिक हरु लाई आफ्नो लागि होइन भने परिवार, समाज र राष्ट्रका लागि मास्क अनिवार्य लगाऔं भन्दै नाराका साथ मास्क वितरण गरेको हो् ।

अति आवश्यक काम वाहेक घर बाहिर न निसकौ सरकार लाई सहयोग गरौं र असल नागरीक को परिचय देउ, अब मागेर होइन किनेर मास्क लगाऔँ भन्दै सचेत पनि गराए । जुन सुकै परिस्थितिमा समाजको सेवा र सहयोग गर्न तयार हुने संगठन भनेको नै अनेरास्ववियू हो मन्तव्य को क्रममा प्रमूख अतिथी अनेरास्ववियू सर्लाही जिल्लाको संयोजक शमीम बाबु खान ले भन्नु भयो!


कार्यक्रममा अनेरास्ववियू नेता अमित मिश्र, अमित चौधरी, गुलाम मिक्रणी, सलमान मिया, रणजीत महतो, अभदेश यादव, सरोज चौधरी, जयन्त साह, बिबेक झा, सन्दिप र अरबाज मिक्रानी लगायतको उपस्थिती थियो । अनेरास्ववियू का नेता हरु विधार्थी नेता मात्र होइन समाज का सिपाही पनि हो भन्दै कार्यक्रम समापन उपाध्यक्ष धर्मेन्द्र यादवले गर्नु भयो ।