भारतमा एकै दिन थपिए ६५ हजार कोरोना संक्रमित , कुल मृतकको संख्या ४२ हजार ५ सय नाघ्यो

२५ साउन / आइतबार
भारतमा एकै दिन ६५ हजार १ सयभन्दा बढी कोरोना भाइरस (कोभिड १९) का संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा सबैभन्दा बढि महाराष्ट्रमा १२ हजार ८ सय २२ जनामा कोरोना पुष्टि भएको छ । यस्तै आन्ध्राप्रदेशमा १० हजार ८०, कर्णाटकमा ७ हजार १ सय ७८, तमिलनाडुमा ५ हजार ८ सय ८३, उत्तर प्रदेशमा ४ हजार ६ सय ६०, बिहारमा ३ हजार ९ सय ९२ जना संक्रमित थपिएका छन् । भारतमा कोरोनाबाट पछिल्लो २४ घण्टामा ८ सय ७५ जनाको मृत्यु भएको छ । जसमध्ये महाराष्ट्रमा मात्रै २ सय ७५ जना छन् । भारतमा अहिले ४२ हजार ५ सय १८ जनाको कोरोनाकै कारण मृत्यु भएको छ भने २० लाख ४६ हजारभन्दा धेरै संक्रमित भएका छन् ।