चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटियोे

२५  साउन / काठमाडौँ
चाँदीको भाउ प्रतितोला हालसम्मकै उच्च कायम भएको छ । सुनको भाउ भने अघिल्लो कारोबार दिनको तुलनामा तोलामै ९ सय रुपैयाँले घटेर आईतबार एक लाख दुई हजार ६ सय रुपैयाँमा झरेको हो । झण्डै दुई सातादेखि निरन्तर बढेर ऐतिहासिक मूल्य कायम भएको सुनको भाउमा आईतबार समान्य गिरावट आएको हो । आइतबारकालागि महासंघको तेजावी सुनको भाउ १ लाख २ हजार एक सय रुपैयाँ तोकेको छ भने चाँदीको भाउ पाँच रुपैयाँ प्रतितोलामा बढेर १४ सय १० रुपैयाँ पुगेको छ । गत शुक्रबार हालसम्मकै उच्च मूल्य १४ सय ५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो । चाँदीको आइतबारका लागि तोकिएको मूल्य पनि हालसम्मकै सबै भन्दा उच्च भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।