बालुवाटारमा ओली र प्रचण्डबीच छलफल हुदै

१८ साउन, आईतबार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भइरहेको छ । बालुवाटारमा दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा जुट्नुभएको हो । यसअघि गएको मंगलबार प्रचण्ड र माधवकुमार नेपाल समूहको भेलाले ओलीसँग छलफल गरेर स्थायी कमिटी बैठक बोलाउने जिम्मा प्रचण्डलाई दिएको थियो । त्यो दिन बोलाइएको स्थायी कमिटीको बैठक अध्यक्ष ओलीले स्थगित गरेपछि प्रचण्ड(नेपाल समूहका नेताहरुले बालुवाटारमै छुट्टै भेला गरेका थिए । नेकपामा विवाद बढ्दै गएपछि दुई अध्यक्षबीचको भेटवार्ता पनि पातलिँदै गएको छ ।