गएको साता भारतमा कोरोना भाइरसका कारण २५ नेपालीको मृत्यु

१८ साउन / आईतबार
भारतमा एक साता मात्रै कोरोना भाइरसका कारण २५ जना नेपालीको मृत्यु भएको छ । स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार पछिल्ला समय भारतमा सङ्क्रमण बढ्दै जाँदा त्यहाँ रहेका नेपाली पनि प्रभावित हुने क्रम बढेको छ । यस्तै गएको साता दक्षिण अफ्रिकामा पहिलो पटक एक नेपालीको कोरोनाबाट ज्यान गएको छ । यस्तै साउदी अरबमा दुई जनाको संक्रमणकै कारण ज्यान गएको छ । योसँगै कोरोना सङ्क्रमणबाट विभिन्न देशमा रहेका १ सय ८९ जना नेपालीको ज्यान गएको छ । स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार जापान, अमेरिका, भारत, रसिया, साउदी अरब, कतारमा लगायत मध्यपूर्वका केही देशमा रहेका नेपालीहरुमा भने सङ्क्रमण बढिरहेकै छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले विश्वभर कोरोना भाइरसको संक्रमणदर वृद्धि हुँदै गएपछि चिन्ता व्यक्त गरेको छ ।