पर्सामा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि

१६ साउन / शुक्रबार
पर्सामा नारायणी अस्पतालका २ जना स्वास्थ्यकर्मी र १ जना सफाइकर्मीसहित थप ४६ जना कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये १३ जना आफै शुल्क तिरी परिक्षण गराउनेहरु रहेका छन् । उनीहरु स्थानीय विभिन्न औषधी उद्योगमा कार्यरत श्रमिक हुन् । संक्रमितहरु बढेसँगै अस्पतालमा विरामी राख्ने ठाउँको अभाव भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन कुमार उपाध्यायले बताए । एक सयभन्दा बढि विरामी बेड नपाएपछि होम आइसोलेशनमा छन् । ५० बेडको कोभिड विशेष अस्पताल गण्डकमा ६२ जना संक्रमितको उपचार भइरहेको छ। संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै पर्सामा स्थानीय त्रसित भएका छन् भने चिकित्सकहरु चिन्तित बनेका छन् ।