बाढीमा बगेर कैलालीमा २ जनाको मृत्यु, एकजना बेपत्ता

१६ साउन / कैलाली
अविरल वर्षासँगै आएको बाढीमा बगेर कैलालीमा दुईजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएको छ । नदीमा आएको बाढी बस्तीमा पस्दा बुधबार भजनी नगरपालिका ९८ का ३ जना बेपत्ता भएका थिए । भजनी नगरपालिका ९८ सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक बेपत्ता भएकोमा चौधरी र शाहीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । चौधरीको बिहीबार र शाहीको शुक्रबार बिहान शव फेला परेको उनले बताए । बाढीको भेलमा बेपत्ता भएका ३२ वर्षीय चक्र विकको अवस्था भने अझै अज्ञात रहेको उनले जानकारी दिए । ‘दुईजनाको शव भेटियो एकजनाको खोजी हुँदै छ,’ उनले भने, ‘अहिले नेपाल प्रहरी सशस्त्र प्रहरी नेपाली सेना र स्थानीयवासी बेपत्ता भएका युवकको खोजीमा छन् ।’,,,,