चितवनमा बसको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

१५ साउन / चितवन
चितवनमा आज बसको ठक्करबाट एकजना प्रहरी हबल्दारको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती ५ भण्डारा स्थित बा ३ ख १५४७ नम्बरको बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थिए । थापा सवार प्रदेश ३–०३–००१ प ६३२५ नम्बरको स्कुटरलाई बसले ठक्कर दिएको थियोे ।