लागुऔषध सहित एक जना पक्राउ

अनिता साह
१५ साउन / मलंगवा
सर्लाहीको लालबन्दी नगपालिका १ बागबनी स्थित लागुऔषध सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा  जिल्ला झापा टोखा घर भई हाल काठमाडौ जोरपाटी नगरपालिका १ बस्ने राजन सन्थाली (धिमाल) को छोरा बर्ष १९ को सुनिल सन्थाली (धिमाल) रहेको हो । बुधबार साँझ ६ बजेको समयमा इलाका प्रहरी कार्यलय सर्लाही लालबन्दीबाट प्र.स.नि. ताजिम अलिको कमाण्डमा खटिएको मोवाईल गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा शंका लागी पैदल जादै सन्थालीलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट लागुऔषध नाईट्राभेट(१० (१४ पत्ता) गरी जम्मा १९६ ट्याब्लेट बरामद गरीएको जिल्ला प्रहरी कार्यालय सर्लाही प्र.ना.उ. मदन कुँवरले जानकारी गराए । निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भई रहेको कुँवरले बताए ।