लागूऔषध आइससहित एक कारोबारी पक्राउ

नेपालमा महँगो पाइने लागूऔषध मेथएम्फेटामाइन (आइस) सहित विराटनगरबाट एक जना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय लागूऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले लागूऔषध कारोबारी राप्रसाद पोखरेललाई पक्राउ गरेको हो । उनको साथबाट ५३०.९३ ग्राम आइस बरामद भएको छ। प्रहरीका अनुसार लागूऔषध कारोबारीले अन्तर्राष्ट्रिय बजारमा आइसलाई प्रतिग्राम ८० डलरमा किनबेच गर्दै आएका छन् । पोखरेलबाट बरामद आइसको मूल्य करिब ५१ लाख रुपैयाँ बराबरको रहेको ब्युरोले जनाएको छ । लामो समयदेखि निगरानी रहेका उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको छ । विराटनगर महानगरपालिका–२ बरगाछीचोकको सडकमा चेक गर्दा को.३७ प.८३१६ नम्बरको मोटरसाइकलमा यात्रा गरी रहेका पोखरेल पक्राउ परेका हुन ।