विष्णु गाउपालिकामा नुहाउने क्रममा खोलाले बगाउदा एक जना युवकको मृत्यु

१३साउन / सर्लाही
सर्लाहीको विष्णु गाउँपालिका २ स्थित नुहाउने क्रममा कुन्दी खोलाले बगाउँदा एक जनाको मृत्युृ भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने मझरु रामका १८ वर्षिय छोरा नरेन्द्र राम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गएको आइतवार दिउँसो साढे १२ बजेको समयमा नरेन्द्रलाई खोलाले बगाएको थियो । खोलाले बगाएर बेपत्ता भएको खवर पाउनासाथ इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी सहायक निरिक्षक रामबालक साहको कमान्डमा खटिएका प्रहरी टोलीले खोज्दै जाँदा घटनास्थलबाट अन्दाजी १०० मिटर पुर्व खोलाको छेउमा मृत अवस्थामा नरेन्द्रको शव फेला परेको जिप्रका सर्लाहीका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ । मृतको शव पोस्टमार्टमकालागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।,