सर्लाहीको हरकठवामा बाख्रा चराउन गएका २ जना बालिकाको पोखरीमा डुवेर मृत्यु

अनिता साह
११ साउन / मलंगवा
सर्लाहीको ईश्वरपुर नगरपालिका १४ हरकठवामा बाख्रा चराउन गएका २ जना बालिकाको पोखरीमा डुवेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउ बस्ने रामपृत महतोको १३ वर्षीया छोरी अन्जली कुमारी महतो र सोही ठाउँका आनन्द महतोकी १० वर्षीया छोरी आरती कुमारी महतो रहका छिन् । उनीहरु शनिबार बिहान १० बजेतिर बाख्रा चराउन गएका थिए । साँझसम्म दुवै घर नफर्किएपछि आफन्तहरुले खोजी सुरु गरेका थिए । खोजतलासको क्रममा स्थानीय प्रकाश महतो माछा पालन गर्नको लागि खन्दै गरेको नयाँ पोखरीमा दुवै जनाको शव फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए । दुवै बालिकाको शवलाई परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा ल्याइसकिएको र घटनाको अनुसन्धान सुरु गरेको प्रवक्ता कुँवरले बताए ।