भारतलाई प्रेस काउन्सीलको पत्र ः तथ्यहिन र आपत्तिजनक सामग्रीहरु प्रसारण गर्ने मिडियालाई कारवाही गर्नुहोस

२६ असार / शुक्रबार
नेपाल प्रेस काउन्सिलले प्रेस काउन्सिल अफ् इण्डियालाई पत्र लेखेर नेपाल सरकार र प्रधानमन्त्रीमाथि लगाइएका आपत्तिजनक आरोप र सामग्रीप्रति आपत्ति जनाएको छ । नेपालबारे तथ्यहिन र आपत्तिजनक सामग्रीहरु प्रसारण गर्ने भारतीय सञ्चार माध्यमहरुलाई कारवाही गर्न प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल भारतलाई पत्र लेखेका छन । काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले प्रेस काउन्सिल अफ् इण्डियाका प्रमुख चन्द्रमौली कुमार प्रसादलाई पत्र लेखेर नेपालको सार्वभौमसत्ता र अखण्डता तथा प्रधानमन्त्रीको व्यक्तित्वमाथि गम्भीर आक्रमण भइरहेको भन्दै त्यहाँका सञ्चारमाध्यमलाई आचारसंहिता पालना गराउन आग्रह गर्नुभएको छ । भारतीय सञ्चारमाध्यमको रवैयाका कारण नै नेपालमा भारतीय समाचार च्यानलको प्रसारण बन्द भएको पनि काउन्सिलले जनाएको छ । भारतीय च्यानल जी न्युजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीबीचको सम्बन्धबारे भ्रामक र आपत्तिजनक सामग्री प्रसारण गरेपछि यसको चौतर्फी विरोध भइरहेको छ । नेपाल सरकारले लिम्पियाधुरा आफ्नो नक्सामा समेट्ने निर्णय गरेदेखि नै भारतीय सञ्चारमाध्यमहरुले निरन्तररुपमा नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध आपत्तिजनक र घृणा फैलाउने सामग्री प्रकासन तथा प्रसारण गरिरहेको भनी प्रेस काउन्सिल नेपालले भारतको समकक्षी संस्थासँग त्यस्ता गतिबिधि रोक्न आग्रह गरेको छ । प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले प्रेस काउन्सिल भारतका अध्यक्ष चन्द्रमौली कुमार प्रसादलाई पत्र लेखी भारतको जी न्यूजले नेपालका प्रधानमन्त्री ओली र नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीबीच सम्बन्ध रहेको भनी काल्पनिक सामग्री प्रसारण गरेकोमा आपत्ति जनाउंदै आवश्यक कदम चाल्न भनेको छ । पत्रमा भारतीय सञ्चार माध्यमहरुले नेपालप्रति गरिरहेको द्ववैस र घृणात्मक समाचारहरुका कारण नेपाल र भारत सरकार तथा दुवैतर्फका जनताबीच द्विपक्षीय तनाव बढाएको भनिएको छ ।