सर्लाहीमा मोटरसाइकलको ठक्करबाट १ जनाको मृत्यु, ४ जना घाईते

अनिता साह
२१ असार / सर्लाही
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएको छ । शणिबार राति ८ बजेको करिबमा एक मोटरसाइकलले एकैसाथ पाँच जनालाई ठक्कर दिएको छ । मृत्यु हुनेमा बरहथवा नगरपालिका ११ निवासी रामप्रवेश मुखियाका १४ बर्षीय छोरा जुगल मुखिया रहेको हो । हिरापुरबाट हरकठवातर्फ जाँदै गरेको ना.५२ प ५६४१ नम्बरको मोटरसाइकलले सोही ठाउँको दियर नहरको बाटोको छेउमा बसिरहेका ५ जनालाई एकै पटक ठक्कर दिएको प्रहरीले जनाएको छ । त्यस्तै घाइते हुनेमा सोही ठाउँका ३५ बर्षीय सुरेन्द्र महतो, ३५ बर्षीय शम्भु मुखिया, २२ बर्षीय श्रवण मुखिया र ३२ बर्षीय देबेन्द्र पासवान रहेको हो । घाइतेहरुको बिभिन्न अस्पतालमा उपचार भइरहेको सर्लाही प्रहरीका प्रबक्ता मदन कुँवरले जानकारी दिए ।