सडक मर्मत नगरेको भन्दै जनकपुरमा स्थानीयद्धार प्रदर्शन

२१ असार / आईतबार
जनकपुरधाम स्थित पुलचोकका बासिन्दाहरुले सडक मर्मत नगरेको भन्दै हुलाकी सडकखण्ड अवरुद्व गरेका छन् । स्थानीयवासीले जनकपुरधामदेखि यदुकोहा जाने हुलाकी राजमार्गअन्तर्गत जनकपुरधाम १६ मा टायर बालेर बिरोध गर्दै सडक जाम गरेका छन् । सडकमा सवारीसाधन गुडाउन समस्या हुने गरी खाल्डा परेको स्थानीयवासीले बताएका छन् । खाल्डोमा पानी जमेपछि आवतजावतमा नै समस्या भइरहेको स्थानीय कृष्णप्रताप साहको भनाइ छ । कोही बिरामी हुँदा अस्पतालसम्म लैजानसमेत नसकिने अवस्था आएको भन्दै उनले खाल्डोका कारण दिनहुँ दुईरतीनवटा दुर्घटना हुने गरेको बताए । सडक मर्मत गरिदिन पटक(पटक वडाध्यक्षदेखि मेयर र हुलाकी आयोजनाका पदाधिकारीलाई भन्दासमेत कसैले ध्यान नदिएका कारण आन्दोलनमा उत्रिनु परेको उनको भनाइ छ । वर्षामा जमेको पानीका कारण खाल्डो पोखरीजस्तै बनेको छ ।