भारतमा एकैदिन थटिए कोरोना भाइरसका करिब २५ हजार नयाँ संक्रमित, कुल संक्रमित संख्या पौने सात लाख पुग्यो

२१ असार / आईतबार
कोरोना भाइरस (कोभिड १९) बाट भारतमा पछिल्ले २४ घण्टामा कोरोना भाइरस कोभिड(१९ का २४ हजार ८५० नयाँ संक्रमित फेला परेका छन् । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६ लाख ७३ हजार १६५ पुगेको हो । त्यस्तै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि १९ हजार २६८ पुगेको छ । भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा कोरोना भाइरसका दुई लाखभन्दा बढी संक्रमित फेला परेका छन् भने मृत्यु हुनेको संख्या आठ हजार ६७१ पुगेको छ । त्यस्तै तामिलनाडुमा एक लाख सात हजारभन्दा धेरै संक्रमित देखिएको छ भने मृत्यु हुनेको संख्या पनि एक हजार ४५० पुगेको छ । दिल्लीमा पनि कोरोना भाइरसका ९७ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् । यो राज्यमा तीन हजार चारजनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेशमा २६ हजारभन्दा धेरै संक्रमितमध्ये ७७३ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा २१ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ७३६ जनाको मृत्यु भइसकेको छ । बिहारमा ११ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ८९ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा चार लाख नौ हजार ८३ जना संक्रमित निको भई घर फर्किसकेको छ ।