प्रदेश सभा सदस्य साहद्धारा सर्लाही संचार केन्द्रलाई एक थान कम्प्युटर सहयोग

२० असार / सर्लाही
प्रदेश सभा सदस्य निरा कुमारी साहले सर्लाही संचार केन्द्र मलंगवा सर्लाहीलाई एक थान कम्प्युटर सहयोग गर्नुभएको छ । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य साहले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट सर्लाही संचार केन्द्रलाई ब्राण्डेड डेल कम्पनीको एक थान कम्प्युटर प्रदान गर्नुभएको हो ।
शनिवार एक कार्यक्रमका प्रमुख अतिथि सर्लाही क्षेत्र नम्बर १ का संघिय सांसद प्रमोद साहले सर्लाही संचार केन्द्रका अध्यक्ष समेत रहनुभएका नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरलाई सो कम्प्युटर हस्तातरण गर्नुभएको थियो । यसअघि प्रदेश सभा सदस्य साहले जिल्लाको १० वटा एफ एम रेडियोलाई समेत फर्निचर सहयोग गर्नुभएको थियो ।
त्यस्तै जिल्लाका विभिन्न क्लव, विद्यालयहरुलाई खेलकुद सामग्री समेत उहाँले वितरण गर्नु भएको छ । यसैबीच ईश्वरपुर नगरपालिकामा रहेको नारायण जनता माविमा अध्यापन गराई राख्नु भएको दृष्टि बिहिन शिक्षक गणेश अधिकारीलाई एक थान ल्यापटप प्रदान गर्नु भएको छ ।