बालुवाटारमा नेकपा स्थायी कमिटी पाँचौं दिनको बैठक सुरु

१७ असार /  बुधबार
सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकको आज पाँचौं दिन हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । बैठकको चौथो दिन हिजो मंगलबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल तथा अधिकांश स्थायी कमिटी सदस्यहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट ओलीले राजीनामा दिनुपर्ने माग गरेका थिए । आजको बैठक बस्नुअघि बिहान ओलीले आफ्नो पक्षका मन्त्री तथा स्थायी कमिटी सदस्यहरुसँग आगामी रणनीतिबारे छलफल गरेका थिए। त्यसैगरी दुई अध्यक्षबीच पनि छलफल भएको थियो ।