धनकौल गोलिकाण्डको हिंसात्मक घटनाविरुद्ध नेकपाद्धारा सर्लाहीमा बिरोध प्रदर्शन

अनिता साह
१६ असार / सर्लाही
सर्लाहीको धनकौल गाउँपालिकामा भएको हिंसात्मक घटनाविरुद्ध सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मलंगवा नगर कमिटीले आज (मंगलबार) मलंगवामा प्रदर्शन गरेको छ । आइतबार साँझ धनकौल गाउँपालिका वडा नम्बर २ र ३ का सीमानामा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा तीन प्रहरीसहित २१ जना घाइते भएका थिए् । यो घटना कांग्रेसको अराजकता र गुण्डागर्दीको उपज भएको नेकपा सर्लाही जिल्ला कमिटीले आरोप लगाएको छ ।

रामजनम यादवको हत्यारा उपर कडा कार्यवाही, मृतकको परिवारलाई क्षतिपूर्ति, नेपाली कांग्रेसको गुढडा गर्दी बन्द गर, विधायकले गोली चलाउन पाइदैन र नेपाल कम्युनिष्ट पार्टी जिन्दाबाद लगायतका नगरमा जुलुस र कोण सभा गरिएको अनेरास्ववियू सर्लाही स– संयोजक शमीम बाबु पठानले जानकारी दिनुभयो । त्यस्तै कार्यक्रममा नेता तथा कार्यकर्ता नगर अध्यक्ष देवेन्द्र यादव, नेकपाका प्रदेश नं.२ सदस्य नरेन्द्र यादव , वाड अध्यक्ष मनोज सहनी ,रामनरेश मण्डल , जितेन्द्र कुशवाहा, सुरेश साह  र अनेरास्वविय नेता अमित मिश्रा लगायतका समेत उपस्थित रहेका थिए ।