नागरिकता ऐेन संशोधन विधेयक विरुद्ध सर्लाहीमा जसपाको प्रदर्शन

अनिता साह
१६ असार / सर्लाही
राज्य ब्यव्स्था समितिले बहुमतको आधारमा गरेको अंगिकृत बैबाहिक नागरिता सम्बन्धी बिध्यक फिर्ता लिन मांग गर्दै आज सर्लाहीको मलंगवामा पनि जनता समाजवादी पार्टी, नेपालले बिरोध प्रदर्शन गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडिको तिनबिघे मैदानबाट सुरु भएको विरोध प्रदर्शन नगरका विभिन्न स्थानको परिक्रमा गर्दै पुनः तिनबिधे मैदानमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी नेता तथा कार्यकर्ताहरुले ‘संशोधित नागरिकता विधेयक खारेज गर’, ‘केपी ओली सरकार राजनीमा देऊ’ लगायतका नारा लगाएका थिए । विधेयकमा छोरा र छोरीबीच विभेद अन्त्य गर लगाउनुकासाथै सरकारको विरुद्ध नारा लगाएका छन् ।

आयोजित प्रदर्शनमा जनता समाजवादी पार्टीका नेता तथा प्रदेश नं.२ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले भने राज्य व्यवस्था समितिले बहुमतबाट पारित गरेको नेपाल नागरिकता ऐेन संशोधन विधेयकमा संशोधन हुनुपर्ने बताए । नागरिकता विधेयकमा विभेदकारी व्यवस्था राख्न नहुने प्रष्टयाउदै उनले भने, ‘देश कुनै निश्चित भूगोल मात्र होइन ? हिमाल, पहाड र मधेस नै समग्र देश हो ।’त्यस्तै, प्रदर्शनमा बोल्दै जसपाका युवा नेता तथा संघीय सांसद प्रमोद साहले भने, ‘नागरिकता देशका सबै नागरिकको नैसर्गिक अधिकार हो ।’कसैलाई अनागरिक बनाउने र समानताको युगमा पनि महिला र पुरूषबिच विभेद गर्ने गरी बनेको यो विधेयक सच्याइनुपर्ने जायज माग भएको प्रदेश मामिला सभापति एवं सांसद अशोक कुमार यादवले उद्घोष गरे । विधेयक समानतामा आधारित र न्यायोचित नभएसम्म जनता समाजवादी पार्टी सडकदेखि सदनसम्म अनवरत रुपले संघर्षमा नै रहने सांसद यादवले जनाए । नागरिकता विधेयकविरुद्ध निकालिएको प्रदर्शन ¥याली सदरमुकाम परिक्रमा गर्दै सहिद चोकमा गएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा विभिन्न पालिकाका प्रमुख ,उपप्रमुख ,जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागीता रहेको थियो । उक्त विरोध प्रदर्शनमा स्थानीयबासीहरुले समेत सहभागीता जनाएका थिए ।