मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु, ३ जना घाइते

१६ असार /  मंगलबार

कैलालीमा मोटरसाइकलको ठक्करबाट गएराति एक बालकको मृत्यु भएको छ भने तीन जना घाइते भएको छ । मृत्यु हुनेमा सोही जिल्लाको बर्दगोरिया गाउँपालिकामा(१ स्थित पूर्वपश्चिम राजमार्गमा भे६प २५२० नम्बरको मोटरसाइकलले ठक्करबाट स्थानीय ५ वर्षीय हिमांशु परियारको रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । मोटरसाइकल चालक सुरेश चौधरी, मोटरसाइकलमा सवार जयदेव चौधरी र मृतक बालकका बुवा रमेश परियार घाइते भएको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनीहरू तीनैजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।