साउन ७ गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

१५ असार / सोमबार
आज बसेको मन्त्रिपरिषद बैठकमा सरकारले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । सोमबार बसेको कोरोना भाइरस (कोभिड १९)का महामारी नियन्त्रण तथा रोकथाम समितिले लकडाउन साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय भएको छ’ । अन्तरािष्ट्रय हवाई उडान र अन्तराष्ट्रिय सीमा पनि साउन ७ गतेसम्म बन्द गर्ने निर्णय भएको एक मन्त्रीले बताए । त्यस्तै काठमाडौं उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ । अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ ।