सर्लाहीमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७१ पुगे

अनिता साह
१८ जेठ / सर्लाही
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९ ) को महामारीबाट सर्लाहीमा आज थप १० जनामा संक्रमण पुष्टि भएको छ । आईतबार जिल्लाको हरिपुर नगरपालिकाकामा ७ जना र बहम्पुरी गाँउपालिकाका क्वारेन्टिनमा रहेका ३ जना गरी १० जनामा संक्रमण पुष्टि भएको छ ।

हरिपुर नगरपालिकाका १५ , २४ , ३४, ४०, ४०, ५० बर्षिय र एक जना पुरुषको उमेर नखुलेको गरी जम्मा ७ जना रहेको छ । त्यस्तै ब्रहम्पुरी गाउँपालिकामा २५, २८ र ४८ बर्षिय पुरुष रहेको प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो ।
यसअघि सर्लाहीमा ६१ जनामा संक्रमण पुष्टि भएका थिए । १० जना थपिएसँगै सर्लाहीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ७१ पुगेको छ।