प्रदेश नं. २ मा आज थप ६० जनामा कोरोना पुष्टि

अनिता साह
१८ जेठ / वीरगञ्ज
कोरोना भाइरस (कोभिड १९) को महामारीबाट प्रदेश २ मा आइतबार बिहान मात्रै ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो भाइरसका कारण सर्लाहीमा १० जना, रौतहटका २९ जना र धनुषामा २१ जना संक्रमित भएका छन् । सर्लाहीमा संक्रमित भएका मध्ये हरिपुर नगरपालिकाका ७ जना र बहम्पुरी गाँउपालिका क्वारेन्टिनका ३ जना रहेका छन् । त्यसैगरी रौतहटमा संक्रमति भएकाहरु मध्ये दुर्गाभगवती क्वारेन्टिनका ८ जना, मदरसा क्वारेन्टिनका १० र गौर क्वारेन्टिनका ११ हुन । त्यसैगरी धनुषामा संक्रमति भएकाहरु मध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टिनका ११ जना, गोपाल धर्मशालाको ९ जना र एकजना गणेशमान चारनाथ नगरपालिकाका हुन । उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो ।,