सर्लाहीमा घर भई हाल बारामा कार्यरत रहेको प्रहरीमा कोरोना संक्रमण पुष्टि

११ जेठ / सर्लाहीं
सर्लाही जिल्लाको हरिपुर घर भएको हाल बारा जिल्लाको प्रहरी कार्यालयमा कार्यरत रहेको एक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । आईतबार सर्लाहीको हरिपुर नगरपालिका–७ घर भएका बाराको प्रहरी कार्यलयमा कार्यरत रहेको ४८ वर्षीय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसीले जानकारी दिनुभयो । यसअघि बारा जिल्ला प्रहरी कार्यालयको मुद्दा शाखामा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएको थियो । पहिलो संक्रमित जवानको कन्ट्याक ट्रेसिङको आधारमा उनको स्वाब जेठ ७ गते संकलन गरी परीक्षण गर्दा आज कोरोना संक्रमण पुष्टि भएको छ । उनी प्रहरीका लागि निर्माण गरिएको बालमन्दिर क्वारेन्टाइनमा बस्दै आएको थियो । उनलाई कलैया अस्पतालको आइसोलेसनमा लगिने तयारी भइरहेको बताईएको छ ।