सन्दर्भ ः नेपालको नक्साबारे विवादमा नागरिकको जीवन झन कष्टकर

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) महामारीको चपेटामा परिरहेको अवस्थामा मानव जीवन रक्षाको निम्ति सबै देश एक अर्का संग हातेमालो गरेर सहयोग र सहकार्य गर्नु पर्ने यो विपतको बेला देश देश का बीच सम्बन्ध बिग्रनु मानव सभ्यताको विकास क्रममा यो पहिलो घटना हुनेछ । एकातिर महामारीले गर्दा विश्वको अर्थतन्त्र नै धरासाही भएर गएको छ भन्ने अर्काेतिर देश देश को बिग्रिदो सम्बन्धले अर्थतन्त्रमा कति गिरावट आउन सक्छ भन्ने परिकल्पना गर्न सकिन्न र यसको प्रत्यक्ष असर विश्वका गरिव, किसान, निमुखा जनतालाइ पर्छ भन्ने निश्चित छ । विश्व को तुलनामा गरिबीको रेखामुनी नेपाल अगाडी छ नै ! आत्मर्निभरको हिसाबले नेपाल आफैमा आत्मर्निभर मुलुक छैन, यो सत्य हो । अहिले नागरीकको जीवन रक्षा गर्नु सरकारको पहिलो दायित्व छ र यो कुरा बुझदा बुझदै पनि सरकारले कुटनितीक तवरबाट समस्याको समाधान गर्न नखोज्नुको एउटै कारण हुन सक्दछ त्यो के हो भन्ने सरकारले महामारी रोकथाम, नियन्त्रण तथा उपचार गर्न नसक्ने परिस्थितिबाट देशका जनतालाइ दिग्ग भ्रमित गर्न र फेरी पनि राष्ट्रवादीको नाममा सरकार टिकाइ राख्ने र भ्रष्टाचारलाइ संस्थागत गर्ने कार्यलाइ अगाडी सारेका छन ।
मित्र राष्ट्र भारतले पनि महामारीको बेला सहमति, सहकार्य ,मेलमिलाप तथा छलफल कुटनितीक स्तरबाट समस्याको समाधान खोज्नु पर्थ्यो त्यो हुन सकेको छैन । तर यसै घटनाक्रमलाइ आधार मानी आफ्ना नागरिकको सुरक्षा गर्नबाट भाग्नु र खोक्रो राष्ट्रवादीको नाममा समस्या झन बल्झाउनु देशको हितको लागि होइन की आफ्नो निहित स्वार्थ को लागि अग्रसरता देखाएको कुरा प्रमाणित हुन्छ ।
सम्मानीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू, यदि देशको चिन्ता छ भन्ने मेरो प्रश्न छ?
१) परराष्ट मन्त्रालयबाट कुटनितीक स्तरबाट किन्न छलफल नै नभइ भारतले बाटोको काम शुरु गर्याे र तपाइँलाइ थाहा पनि थिएन किन्न? या त तपाइँको मिलिभगतमा यो काम भएको छ या त तपाइँको विदेश नीति असफल रहयो?
२) आन्तरिक कलह राखेर राष्ट्र कहिले बलियो हुँदैन तसर्थ उत्तपिडीत जनताको अधिकार सुनिश्चित गर्न संविधान संशोधन कहिले सम्म हुन्छ? के ८७ प्रतिशत जनता यो देशको नागरिक हो की होइन?
३) ऐतिहासिक जनयुद्ध भएको बेलामा शान्ति सम्झौता भएको लगभग १४ बर्ष भइसक्यो, स्मरणय रहोस त्यो शान्ति समझौतामा तपाईं पनि साक्षीको रुपमा दोस्रो लाइन बस्नु भएको थियो त्यसको कार्यान्वयन कहिले हुन्छ? मेलमिलाप आयोगको कामकाज कहिले देखि शुभआरम्भ हुन्छ?
४) स्वर्गीय नेता मदन भण्डारी , स्वर्गिय नेता जिवराज आस्रित र स्वर्गीय नेता हेमनारायण यादव ज्यूको हत्यारालाइ कहिले सजाय हुन्छ?
५) सशस्त्र द्वन्दमा रहेका विपलव्व समूह तथा जयकृष्ण गोइत लगायत सशस्त्र समूहहरु संग बार्ताको माध्यमबाट कहिले राजनीतिक मुलधारमा ल्याउनु हुन्छ ? के यीनीहरु नेपाली होइन?
६) यस्ता धेरै गम्भिर बिषयहरु छन् जुन जनतालाइ थाहा दिनु आवश्यक छ तर महामारीको बेला सबैभन्दा महत्त्वपूर्ण बिषय भनेको आम नागरिकको जीवन रक्षा हो, अहिलेसम्म तपाइँले जनताको लागि के के गर्नु भएको छ?
सम्मानीय प्रधानमन्त्री ज्यू देशको नक्सा परिवर्तनको नाममा आफ्नो सरकार बचाउन र आम नागरिकलाइ भ्रम सृजना गर्न बाहेक एउटा ठूलो स्ट्राटीजी अपनाउनु भएको छ त्यो के हो भन्नेस्
३ आफू नेकपा पार्टी र सरकारको नेतृत्व लिइ राख्ने र विस्तारै पूर्व माओवादीलाइ सखाप पार्ने
३ देशको नक्सा परिवर्तनको नाममा आफू र आफ्नो नेतृत्व मात्रै राष्ट्रवादी रहेका अरु अराष्ट्रवादी प्रमाणित गर्न संविधान संशोधन को नाटकीय प्रस्तुत सदनमा गर्ने
३ आफ्नो नेतृत्वको सरकार असफल भइसकेको थाहा हुँदा र आम नेपाली जनतालाइ महामारीबाट बचाउन नसक्ने परिस्थिति बुझेर जनतालाइ दिगभ्रमित गर्ने ।
यदि वास्तविक नेपाल आमाको चिन्ता हो भन्ने पहिला मुलुक भित्रको समस्या समाधान गरौं र सबै उत्तपिडीत राष्ट्रियताहरुलाइ सम्मान गरि सबै नेपाली एक हौं तर त्यो हुन सक्दैन किन्नकी सम्माननीय प्रधानमन्त्री ज्यू मात्र राष्ट्रवादी हुनुहुन्छ, त्यस्तो खोक्रो राष्ट्रवादले देशको भलो हुदैन, देश बर्बाद हुने निश्चित देखिन्छ ।,