नेपालमा आज एकै दिन २१ जना कोरोना सङ्क्रमित निको भएर घर फर्के

९ जेठ / शुक्रबार
कोरोना भाइरस (कोभिड १९) बाट शुक्रबार नेपालगञ्जका २१ जना कोरोना सङ्क्रमण निको भएर घर फर्किएका छन् । निको हुनेमा बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचार गराइरहेका १२ पुरुष र ९ जना महिला गरी २१ जना निको भएर घर फर्किएका हुन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमण निको हुने ७० जना पुगेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ मा पहिलो सङ्क्रमण भेटिएका ६० वर्षका पुरुषसहित नेपालगञ्ज–८ जोलाहनपुरका २१ जनालाई कोरोना सङ्क्रमण निको भएपछि घर पठाइएको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रकाश थापाले जानकारी दिनुभयो ।