नेपालमा कोरोना संक्रमितको संख्या ३ पुग्यो

अनिता साह
१२ चैत / बुधबार
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ पुगेको छ । मंगलबार कोरोना भाइरसबाट संक्रमित भएको थप नयाँ १ जना (पुरुष) बिरामी भेटिएपछि संक्रमितको संख्या तीन पुगेको हो । सो बिरामीकोे टेकुस्थित केन्द्रीय प्रयोगशालामा परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकोले अस्पतालको आइसोलेसन वार्डमा उपचार भईरहेको छ ।

उनको नाम र ठेगाना गोप्य राखिएको छ । यसबारे केहीबेरमा स्वास्थ्य मन्त्रालयले औपचारिक जानकारी गराउने बताइएको छ । नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण गरिएको छ । जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ । सुरुमा चीनबाट आएका एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको थियो । उनी उपचारपछि निको भइसकेका छन् ।

४ चैतमा फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा पनि संक्रमण देखिएपछि आइतबार स्वास्थ्य मन्त्रालयले त्यसको जानकारी दिएको थियो । त्यसलगतै सरकारले देशभर लागू हुनेगरी चैत १८ गतेसम्मका लागि लकडाउनको घोषणा गरेको छ ।,