लकडाउनमा सुनसान सर्लाही

अनिता साह
११ चैत / मलंगवा
कोरोना भाइरस (कोभिड(१९) को संक्रमण रोकथामका लागि लकडाउन गरेपछि अधिकांश जिल्लाका सडकहरु सुनसान रहेको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखी भएको लकडाउनबाट सर्लाहीका बजार क्षेत्रहरु पनि सुनसा देखिएको छ ।

मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुन्छ । त्यसैले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ । तर, बिहानपख केही स्थानमा लकडाउन उल्लंघन गर्दै मानिसहरु निस्किए पनि केहीबेरपछि मानिसहरुको उपस्थिति पातलो बन्दै गएको छ ।

सर्लाहीका मलंगवा, लालबन्दी, नवलपुर,बरहथवा,ईशवरपुर , गैर लगायतका स्थानमा मानिसहरुको चहलपहल ह्वात्तै घटेको छ । लकडाउन उल्लंघन गर्दै मानिसहरु हिँडडुल गर्न थालेपछि सर्लाहीका बिभिन्न स्थानमा प्रहरीहरु तैनाथ गरिएको छ ।

उनीहरुले सम्झाइबुझाइ गरेर घरभित्रै बस्न र कोरोना संक्रमणबाट जोगिन सुझाव समेत दिएको देखिएको छ । सडकमा प्रेस, एम्बुलेन्स, पानी ट्यांकरलगायत अत्यावश्यक सेवाका साधनहरु भने देखिन्छन् । प्रहरीहरुले पास भए(नभएको चेक गरेरमात्रै गन्तव्यतर्फ जान अनुमति दिने गरेका छन् ।