चक्रघटा गाउँपालिका सर्बसाधरणलाई घरबाट निस्कन रोक

हरेक वडामा हेल्पडेस्क स्थापना

१० चैत, मलंगवा । चक्रघटा गाउँपालिकाले भोली देखि स्वास्थ्य बाहेकका सम्पुर्ण काम कारबाही बन्द गरेर सर्बसाधरणलाई घरबाट निस्कन रोक लगाएको छ । अत्याबश्यक अवस्थामा समेत सेल्फ आइसोलेसनमा मात्रै निकस्कन पाउने निर्णय गरेकोछ ।
चक्रघटा गाउँपालिकाले कोरोना भाइरस (कोभिड १९ ) कहिबाट कसैबाट सर्न सक्ने भएको र हालको अवस्था गाउँपालिका बाहिरबाट बिभन्न ठाउँहुदै गाउँ भित्र आउनेहरुका चाप बढी भएकोले सबैको सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गर्नु परेको चक्रघटा गाउँपालिकाका अध्यक्ष बिक्रम यादवले जानकारी गराउनुभयो ।
उहाँले भोलीदेखि पालिका भित्रका सबै वडामा लकडाउनलाई प्रभावकारी बनाउन बिहानै देखि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका टोलीलाई प्रत्येक वडामा गस्ती गराइने समेत जनकारी गराउदै सर्बसाधारणलाई घर बाहिर ननिस्कन अनुरोध समेत गर्नु भएकोछ ।
हाल नेपालमा समेत कोरोना भाइरस फ्रान्सबाट कतारको दोहा हुदै नेपाल आएकी एक युवतीमा सक्रमण भएको पुष्टि भइसकेकोले त्यस्तै संक्रमण यस गाउँपालिकामा हुन नदिन कडाइका साथ भोली देखि आम सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन दिने वहाँले बताउनुभयो ।
अध्यक्ष यादवले सोको प्रभावकारी कार्यान्वयनकालागि प्रत्येक वडामा कोरोना भाइरस चेक जाँचकालागि हेल्पडेस्कको समेत ब्यावस्थापन गरीएको जनाउदै वहाँले कोरोना भाइरस सम्बन्धि कुनै सहयोग चाहिए हेल्पडेस्क अथवा गापा अध्यक्षलाई सिधै सम्पर्क गर्न सकिने जानकारी समेत गराउनुभयो
नेपाल सरकारले पनि भोलि मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९)को संक्रमण भेटिए लगतै सरकारले देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ ।
कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो ।
खाद्यान्न र अत्यावश्यक बस्तु ढुवानी गर्ने बाहेक अरु सवारी साधन पनि चलाउने पाइने छैन ।