चक्रघट्टामा एकको मृत्यु

औरही – सर्लाहीको चक्रघट्टा गाउँपालिका स्थित औरहीमा ट्याक्टरले थिचिएर चालकको मृत्यु भएको छ ।
चक्रघट्टा गाउँपालिका वडा नं. ८ स्थित बागमती सिचाईं आयोजनाको नहरको बाटोमा हिँडिरहेको ज. १ त १६९१ नम्बरको ट्याक्टर आईतबार दिउँसो पौने २ बजे पल्टिँदा स्थानीय ३० वर्षीय शिवजी राउतको थिचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए । चक्रघट्टा गापा–७ सगरदिनामा माटो झारेर औरही तर्फ आउँदै गरेको ट्याक्टर नहरमा पल्टिएको र प्रहरी टोली पुग्दा राउतलाई थिचिएको अवस्थामा मृत फेला परेको थियो ।

स्थानीय बासिन्दाले भने ट्याक्टरमा माटो लोड गर्ने काम गर्दै आएका राउतले आफै ट्याक्टर चलाउँदा दुर्घटना भएको बताएका छन् । छिमेकीकै ट्याक्टर भएकाले राउत आफैले चलाएर सगरदिनामा माटो पु¥याउन गएका थिए । हालसम्मको प्रारम्भिक अनुसन्धानले राउतले नै चलाएको भन्ने बुझिए पनि चालक वा मजदुर के हुन भन्ने बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।