महुरीको टोकाइबाट एकको मृत्यू

अनिता साह
१० चैत / मलंगवा
सर्लाहीको कबिलासी नगरपालिका ९ मा महुरीको टोकाइबाट १ जना बृद्धाको मृत्यू भएको छ ।
सोमबार झिम नदीको छेउमा आफ्नो खेतमा मसुरी उखाल्दै गर्दा अचानक एक हुल माहुरी आएर टोक्दाँ सोही ठाउँ बस्ने करिब बर्ष ६० को श्री महतो को मृत्यू भएको हो । माहुरीको टोकाइबाट घाइते भएका महतोको उपचारको क्रममा मृत्यू भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएका छन् । माहुरीले अन्य ४ जनालाई समेत टोकेको स्थानीय बिपिन बैठाले जानकारी गराए ।