मलंगवाको सार्वजनिक सवारीमा अझै पनि कोचाकोच, जोखिम उत्तिकै

अनिता साह
७ चैत / सर्लाही
सर्लाहीको मलंगवाबाट शुक्रबार जनकपुर, बिरगँज च.पुर लगायतका ठाउँमा जान लागेका सर्वसाधारणलाई बसमा कोचिएर यात्रा गर्न देखिएको छ । भीड देखेर एक जना मानिस दुईवटा बस छाडिसकेपछि उनलाई तेस्रो बसले पनि निरास बनायो । उनी त्यसमै कोचिएर गइन् ।

यस्तो समस्या अहिले सार्वजनिक सवारी चढ्ने अधिकांश यात्रुको नै हो । सम्भव भएसम्म त आजभोलि धेरैले सार्वजनिक सवारी प्रयोग नै गर्न छाडेका छन् । तर, विकल्प नभएका यात्रुलाई भने कोचिएर यात्रा गर्नु बाध्यता नै छ ।

कति जनालाइ त उभिएर यात्रा गर्न पर्छ भने सर्वसाधारणले गुनासो गर्दै सकेसम्म भीडमा खाँदिनु नपरोस् भन्ने उनीहरुको ध्येय थियो । तर, साँझ पर्दै जाँदा झन बसहरु भरि–भरि आउन थालेपछि उनीहरु पनि भीडभित्र नै घुसिन्छ ।

अहिले सर्लाहीका सार्वजनिक सवारी चढ्नेमध्ये आधाजसो त मास्क नलगाएरै यात्रा गरिरहेका छन् । तर, सार्वजनिक बसमा अझै पनि सुरक्षित वातावरण तयार हुन सकेको छैन ।