सुनसरीमा जलेर १ जना वृद्धाको मृत्यु

अनिता साह
७ चैत्र / शुक्रबार
सुनसरीमा जलेर १ जना वृद्धाको मृत्यु भएको छ । बिहीबार धरान उपमहानगरपालिका– १६ का ९० वर्षीया आशादेवी राना रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

राना आफ्नै घरको पूजा कोठामा पूजा गर्ने क्रममा धूपबत्तीबाट लुगामा अचानक आगो लागेको थियो । आगो लागेपछि गम्भीर घाइते भएकी आशादेवीको उपचारको क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको सुनसरीका प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताउनुभयो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।