सर्लाहीको चक्रघटा गाउँपालिकामा सुरु भयो छोरीका लागि शिक्षा बीमा शिविर

अनिता साह
१ फाल्गुन / सर्लाही
प्रदेश २ मा सञ्चालित ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान अन्तर्गत बिहीबार देखि सर्लाहीको चक्रघटा गाउँपालिकामा छोरी शिक्षा बीमा शिविर मुद्धती बचत शुरु भएको छ । प्रदेश न.२ मा माघ १ गतेदेखि जन्मेको छोरीको मुख्यमन्त्री बेटी बचाउ अभियान मा छोरीको बिमा एक लाख को गरिने घोषणा गरिएको थियो । मुख्यमन्त्रीको बसेको दोस्रो बैठकले छोरीको बिमा लाई एक लाखबाट बढाएर तिन लाखको गरिने प्रस्ताव पारित गरियो । छोरी शिक्षा बीमा शिविर मुद्धती बचत अन्तर्गत २०७५ माघ १ गतेपछि जन्मेका छोरीहरुको शिक्षा बिमा शुरु गरिएको हो ।

चक्रघटा गाउँपालिका वडा ५ बजार स्थित चक्रघटा गाउपालिकाको भवनमा आयोजित छोरी शिक्षा बीमा शिविरको उदघाटन गाउँपालिका अध्यक्ष बिक्रम यादवले गरेका छन् । उहाँले प्रदेश सरकारले ल्याएको यस कार्यक्रमबाट आर्थिक अवस्था कमजोर भएका परिवारका छोरीहरुले शिक्षा पाउने बताउनुभयो । छोरीलाई बोझको रुपमा लिने सोंच बदल्नकै लागि शिक्षा बीमा योजना ल्याइएको यादवले बताउनुभयो ।

पहिल दिननै वडा न.१ मा २० जना, वडा न.२ मा ९ जना, वडा न.३ मा ११ जना, वडा न. ४ मा १५ जना, नडा न. ५ मा १६ जना, वडा न. ६ मा ६ जना, वडा नं. ७ मा ४ जना, वडा नं. ८ मा १६ जना र वडा नं. ९ मा १५ जनालाई विमा गरिएको छ भने स्वास्थ्य परिक्षण करिब ७० भन्दा माथिलाई गरिएको स्वास्थ्य निरिक्षक रामबहादुर साहले बताउनु भयो । सहभागी प्रमुख प्रशासकीय अधिकृत मुकेश पाठक संचालन गर्नुभएका कार्यक्रममा गा.पा. का समपुर्ण वडा अध्यक्षहरु र गाउँपालिकाका कर्मचारी,स्थानीय सुरक्षा निकाय तथा स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।