बेरोजगार को लागी रोजगार कार्यक्रम उदघाटन

अनिता साह
१४ माघ / सर्लाही
सर्लाही जिल्लाको चक्रघाटा गाउपालिका ९ पुरानो बजारमा बेरोजगार को लागी रोजगार“उदघाटन समारोह कार्यक्रम भएको छ । मंगलबार सो उदघाटन कार्यक्रममा बेरोजगार को लागी रोजगारी दिने कार्यक्रमको उदघाटन गर्दै प्रदेश न २ को प्रत्येक जिल्लामा औद्योगिक क्षेत्रमा निर्माण गरिने मुख्यमन्त्री मोहम्द लालबाबू राउतले बताउनुभयो । राउतले मधेश आन्दोलनको क्रममा आफुहरुले युवाहरुलाई स्वदेशमै रोजगार उपलब्ध गराउने भनि गरेको वाचा पुरा गर्न प्रदेश सरकारले रोजगार योजना ल्याएको बताउनु भएको छ । डिफिडको सहकार्यमा सिप परियोजना मार्फत अगामी तीन वर्ष भित्र ४५ हजार युवालाई रोजगारी दिने गरि विभिन्न सेवा प्रदायक संस्थाहरुसंग सम्झौता अनुसार सर्लाहीको चक्रघट्टा गाँउपालिकामा आयोजित बेरोजगारका लागि रोजगार कार्यक्रमको उदघाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले सो कुरा बताउनु भएको हो । उहाँले प्रदेशका बेरोजगार युवाहरुलाई रोजगारी दिएर समृद्धिको परिकल्पनाका साथै आन्दोलनको क्रममा युवाहरु संग गरिएको बाचा पुरा गर्न डिफिड संग सम्झौता गरि सिप परियोजना प्रदेशमा लागु गरिएको उल्लेख गर्नु भयो । तराईको अधिकाश जनता कृषिमा निर्भर भएकोले देशमा प्रदेशलाई कृषिको अर्को विकल्प नभएको बताउदै प्रदेशको कृषिलाई आधुनिकरण गर्दै क्रान्ति ल्याउनु आवश्यक रहेको छ । कृषि क्षेत्रमा क्रान्ति ल्याई देशबाट पालायन भइरहेको युवा जनशक्तीलाई स्वदेशमै रोजगारीको अवसर सृजना गरिने बताउनुभयो । यस् कार्यक्रममा काम गर्नको लागि सिप सिखेका युवा को लागी रोजगारी र सिप नभएको युवा को लागी निशुल्क सिप सिकाइने बताइएका छन् ।

प्रमुख अतिथिमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले “उदघाटन समारोह कार्यक्रममा युवाहरुलाई सिपमुलक तालिमको साथै विना धितो ऋणको व्यवस्था व्यवसाय गर्न प्रोत्साहन गरिने बताउनुभयो । कार्यक्रममा रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय ,प्रदेश न २ मुख्यमन्त्री कर्यालय , प्रदेश न २ समाजिक बिकास मन्त्रालय तथा सिप बिकास तालीम केन्द्र को सहयोगमा, बिशिस्ट अतिथिमा प्रदेश न २ को समाजिक बिकास मन्त्री नवलकिशोर सिंह ज्यु द्वारा चक्रघाटा गाउपालिकाका बेरोजगार का लागी रोजगार कार्यक्रम उदघाटन भएको छ । उपस्तिथितिमा सर्लाही जिल्ला को प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जिसि, शास्त्र प्रहरी प्रमुख बिनोद राज श्रेष्ठ,नेपाल प्रहरी प्रमुख बिस्वमणी पोख्रेल , सर्लाही पत्रकार संघ का अध्यक्ष बिसवनाथ ठाकुर, चक्रघाटा गापा प्रमुख बिक्रम यादव , उपप्रमुख बसोधा देबि,विभिन्न वडा अध्यक्षहरु बेरोजगार युवाहरु, सुरक्षाकर्मीहरु, स्थानीयवासीहरु, पत्रकार, लगायत २५० र २६० जना रहेको थिए ।