जलस्रोत ब्यवस्थापन परियोजना प्रारम्भिक कार्यशाला गोष्ठी समपन्न

अनिता साह
६ माघ / सर्लाही
ग्रामिण समुदायहरुको जलवायु अनुकुल बढाउन स्थानीय जलस्रोत ब्यवस्थापन परियोजना प्रारम्भिक कार्यशाला गोष्ठी आज समपन्न भएको छ । सोमबार जलवायू तथा अनुकुल बढाउन स्थानीय जलस्रोत ब्यवस्थापन ( आयोजक संरक्षण नेपाल, सर्लाही )को वडा नं. ५ का वडा अध्यक्ष बिजय कुमार यादवको अध्यक्षतामा जोन कार्यक्रमको सभाकक्ष हरिपुर्वा नगरपालिकामै कार्यकम्र समपन्न गरिएको छ । यसमा बिश्व वाताबरण सहयता ,साना अनुदान कार्यक्रमको सहयोग रहेको छ ।

ग्रामिण समुदायहरुको जलवायु अनुकुल बढाउन स्थानीय जलस्रोत ब्यवस्थापन परियोजना प्रारम्भिक कार्यशाला गोष्ठी प्रमुख अतिथि मेयर सियाराम राय , समपुर्ण वडा अध्यक्षहरु, कृष्कहरु, संस्थाको सचिव तिर्थनाथ चौधरी लगायत अध्यक्ष तथा यस कार्यकम्रका संयोजक डा. श्याम नन्दन मण्डल ज्यू समेतको उपस्तिथमा कार्यक्रम समपन्न गरिएको छ ।