नेपालकालागि नयाँ भारतीय राजदूतमा विनयमोहन

काठमाडौं । नेपालका लागि भारतको नयाँ राजदूतमा विनयमोहन क्वात्रा आउने भएका छन् । उनी हाल फ्रान्सका लागि भारतीय राजदूत हुन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार उनी अमेरिकाका लागि भारतीय राजदूत बन्ने अनुमान थियो । तर उनलाई भारत सरकारले नेपाल पठाउने तयारी गरेको छ ।

१९८८ मा भारतको परराष्ट्रसेवामा प्रवेश गरेका उनले एक समय व्यापार, अर्थ व्यवस्था र वृत्त ब्यूरोको प्रमुखका रुपमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा भारतको प्रतिनिधित्व गरेका थिए ।