अनेरास्ववियू द्वारा बाल मन्दिरको बच्चाहरुलाई हिटर सहयोग

अनिता साह
१८ पुस / मलंगवा /
मलंगवा नगरपालिका ८ स्थित बाल मन्दिर (बाल आश्रम) को बच्चाहरुलाई अनेरास्ववियूद्वारा आज हिटर सहयोग गरिएको छ । पठन पाठनमा बढी जाडो ले गर्दा समस्या भएको कारणले यो समस्यालाई अंत गर्न का लागि गौरशाली विद्यार्थी संगठन अनेरास्ववियू सर्लाहीका नेता शमीम बाबु खान ज्यू को विषेश उपस्थितिमा हिटर प्रदान भएको छ ।
अनेरास्ववियू मलंगवा सर्लाही का नेताहरुले अंग्रेजी नाया साल ( २०२० )नमनाएर आ( आफ्नो खाजा खर्च जमा गरेर बाल आश्रमका बच्चाहरुलाई सहयोग गरेका हुन । सहयोगी सर्लाही क्याम्पस नेता रणजीत महतो, धर्मेन्द्र यादव, सरोज चौधरी, सुभाष यादव, अभदेश यादव, संजिव, यादव, अनेरास्ववियू मलंगवा नगर कमिटी अध्यक्ष अमित मिश्रा, उपाध्यक्ष राहुल मण्डल, राहुल गुप्ता र गुलाम गौस लगायत उपस्थिति रहेको अनेरास्ववियू मलंगवा नगर कमिटीका नेता अमित चौधरीले जानकारी दिनुभएको छ ।