कमिसनको लागि बिरामीलाई निजि क्लिनिकमा पठाउछन् -समाजसेवी

सर्लाही । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सर्लाहीले सर्लाहीको सदरमुकामस्थित मंलगवा अस्पतालमा अनुगमन गरेका छन् ।

अस्पतालमा अनुगमनका क्रममा डिजिटल एक्स–रे मेसिन भएपनि प्राविधिक कर्मचारीको अभावका कारण बिरामीहरुले सो सुविधा नपाएको, बढी पैसा तिरेर बाहिरबाट एक्स–रे गराउनु परेको, गाडी पार्किङको असुविधा देखिएको अनेरास्ववियु सर्लाहीका उपाध्यक्ष शमिमबाबु खानले बताए ।

उनले भने,‘ नवजात शिशु र सुत्केरीका लागि प्रदान गरिने न्यानो कपडा र भत्ता समेत अस्पतालले कटौतीे गरेको छ ।’

अस्पतालको शौचालय त फोहोरै फोहर र फोहर फाल्न डस्टबिन पनि छैन् । भित्तामा खैनी, पान, गुटखा खाएर फालेको पिकले फोहर बनेका अस्पतालमा जथाभावी प्लास्टिकका बोतल र फोहर कपडा जस्ता बस्तुहरु फालेको विधार्थी नेताहरुले बताए ।

अस्पतालमा बिरामीसंग राम्रो व्यहवार हुदैन, पाउनुपर्ने औषधीहरु पनि बाहिरको पसलबाट किन्न बाध्यता रहेको अनुगमनकार्तासंग बिरामी कुरुवाहरुको गुनासो गरको थियो ।
यस अघि पनि बिभिन्न निकाय र नेताले पटक पटक अनुगमन गरे पनि अस्पतालका मेसु अनुगमन भएको केहीदिन राम्ररी सञ्चालन गर्ने तर पछि कमिसनको लागि प्राय अस्पताल भन्दा बाहिर पठाउने गरेको एक समाजसेवीले बताए । उनले बाहिर क्लिनिक सञ्चलान गरी बसेका निजि डाक्टरले अस्पतालमा काम गर्ने स्वास्थ्य कर्मचारीलाई मोटो रकम महिनाबारी दिने गरेको र सो बापत अस्पताल कर्मचारीले बिरामीलाई स्वास्थ्य उपचार गर्न छोडि निजि क्लिनिकमा पठाउने गरको समेत बताए । उनले अगाडी भने अस्पतालमा सबै सेबा सुबिधा हुदाँहुदै पनि सबै सेवालाई बन्द गराई बिग्रिएको भन्दै बिरामीलाई बाध्य बनाएर निजि क्लिनिकमा पठाउने गरेको बताए । यसै प्रकरणमा मुछिएका बर्तमान मेसु डा. सिहंको पहिले सरुवा गरीएको थियो भने पुनः पैसाको चलखेल गरी सोही अस्पतालमा आएका छन् । यसले अस्पतालको अवस्था झनै नाजुक हुने समेत बताए ।


अनेरास्ववियु सर्लाहीका विद्यार्थी नेता खानको नेतृत्वमा अमित चौधरी, सरोज चौधरी, अभिषेक रौनियार, धर्मेन्द्र यादव र सुभाष यादव लगायतका विद्यार्थी नेताहरुले अस्पतालमा देखिएका समस्याहरुको तत्कालै समाधानका लागि प्रदेश सरकार ,जिल्ला समन्वय समिति ,जिल्ला प्रशासन कार्यालय, मलंगवा नगरपालिका लगायतका नियमन निकायलाई ध्यानाकर्षण गराउने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *