चक्रघटा गाउँपालिका अध्यक्षले गढीमाई मेलामा पुष्प बर्षा गराउने

सर्लाहीमा लाग्ने लाग्ने गढीमाई मेलामा फूलको बर्षा गराउने भएका छन् । हिन्दुहरुको बिश्वासको देवीको रुपमा रहेका गढीमाईको मेलामा भक्तालुहरुकोलागि फूलको बर्षा गराइने भएको छ ।

आउँदो सोमबार मध्य रातिमा दिप प्रज्जव हुने बिश्वास अनुसार दिप प्रज्जवल भए पश्चात मगंलबार बिहान ९ बजे पछि फूलको बर्षा गराइने चक्रघटा गाउँपालिकाका अध्यक्ष बिक्रम यादवले बताउनु भएको छ ् । उहाँले आफुहरुको ठुलो बिश्वास गढीमाई माथि रहेकाले सो फूल बर्षा गराउन लागिएको जानकारी गराउनुभयो । उहाँ सर्लाहीकोे चक्रघटा गाउँपालिका वडा नंं.३ स्थित सुन्दरपुरमा , कबिलासि नगरपालिकाको वडा नंं.६ जमुनियाँ र कबिलासि नगरपालिका कै वडा नं. ५ रनियाँमा रहेको तिन वटै गढीमाईको मेलामा फूल बर्षा गराउने सम्पुर्ण तयारी समेत भईसकेकाे जानकारी गराउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *