दुई दिन सार्वजनिक विदा

मंसिर १५ र १७ प्रदेश २ सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश नं. २ को सबै भन्दा ठूलो उत्सव विवाह पञ्चमी र गढीमाईको पुजाको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको हो ।
मंसिर १५ गते विवाह पञ्चमी र गढीमाई मेलाका अवसरमा मंसिर १७ गते गरी दुई दिन विदा दिने निर्णय गरिएको हो ।

हरेक वर्ष मंसिर शुक्ल पञ्चमीमा जनकपुरधाममा भव्यताका साथ राम–जानकी विवाह महोत्सव मनाइँदै आएको छ । त्यसका लागि भारतको अयोध्याबाट जन्ति आउने परम्परा रहेको छ । रामको जन्मस्थान अयोध्यावाट आएको जन्तीलाई जनकपुरमा स्वागत गरिन्छ । स्वागतकालागि राष्ट्रपति विद्यादेवी भण्डारी पुग्ने कार्यक्रम रहेकाछ । विवाह पञ्चमीको विदा प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी क्यालेण्डरमै उल्लेख गरेको प्रदेश २ सरकारका आन्तरिक मामलि तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी गराउनुभयो ।

यसैगरी वाराको गढीमाईमा प्रत्येक ५ वर्षमा लाग्ने मेला अहिले जारी छ । मंसिर १७ गते गढीमाई मेलामा विशेष पूजाआजा भएकोले सो दिन पनि प्रदेश २ मा सार्वजनिक विदा दिइएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *