सर्लाहीको हरीपुर्वामा समाजवादी पार्टी बिजयी

सर्लाहीको हरीपुर्वामा भएको उप निर्वाचनमा समाजवादी पार्टी बिजयी भएको छ ।
हरीपुर्वा नगरपालिकाका वडा अध्यक्ष नेकपाका इसाक अन्सारीको मृत्यु पछि रिक्त्त रहेको उक्त्त स्थानमा समाजवादी पार्टीका उम्मेदवार श्याम बाबु राय ३४७ मत ल्याइ बिजयी हुनु भएको हो ।


उहाँका निकटतम प्रतिद्धन्दी राष्ट्रिय जनता पार्टी (राजपा)का राम बिश्वास रायले ३२८ मत ल्याउनु भएको छ भने यस अघिका वडा अध्यक्षका छोरा तथा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार दोष महमद अन्सारीले ३२८ मत प्राप्त गर्नुभएकोछ । त्यस्तै डा. सि.के. राउतका पार्टी जनमत पार्टीबाट निर्वाचनमा सहभागि भएका दिनेश यादवले ५३ मत प्राप्त गरेका छन् भने हरीपुर्वा नगरपालिकाकै अध्यक्षमा विजयी भएका नेपाली काँग्रेसबाट निर्वाचनमा सहभागि भएका राम पृत पासवानले जम्मा २३ मत प्राप्त गरेको छ ।