रनियाँको गढीमाईलाई पर्यटकिय क्षेत्र बनाइने -मन्त्रि यादव

मुलुकका ८८ प्रतिशत जनता हक अधिकारबाट बञ्चित रहेको र केही खास बर्गका ब्यक्ति मात्रै शासन सत्तामा बसेको समाजवादी पार्टीको केन्द्रिय कोषाध्यक्ष एवम मधेश प्रदेश समितीका संयोजक तथा प्रदेश नं. २ का आर्थिक मामिला तथा योजना मन्त्रि बिजय यादवले बताउनुभयो । सर्लाहीको कविलासि नगरपालिका वडा नं. ५ रनियाँ स्थित रहेको गढीमाईको मेलाको उदघाटन गर्दै मन्त्रि बिजय यादवले मुलुकको न्यायपालिकामा ९४ प्रतिशत एउटै जातिको बर्चश्व राख्ने पार्टी कहिल्यै पनि संघियता र लोकतन्त्रका पक्षधर पार्टी हुन नसक्ने तथा कुनै हालतमा बिपि र पुष्पलालका अनुयायी पनि हुन नसक्ने ठोकुवा गर्नुभयो ।
मन्त्रि यादवले नेपालमा २००७ सालमा प्रजातन्त्र आए पनि अहिले पनि ३ करोड नेपालीले प्रजातन्त्रको परीभाषा खोज्दै गरेको प्रसंग उल्लेख गर्दै , प्रजातन्त्र भनेको समानता समृद्धि समानुपातिक अधिकार रहेको बताउनुभयो ।

उहाँले यो मुलुकमा धेरै नेता भए पनि आफु यो देशको बिपि कोइरालालाई सम्मान गर्ने गरेको प्रसगं उल्लेख गर्दै बिपि यो मुलुकको प्रधानमन्त्रि भए पछि उहाँले सिहदरबारमा हल जोत्दै गरेको किसान फोटो राख्न लगाउनुभयो यो धेरै ठुलो परिवर्तन रहेको बताउनुभयो ।
त्यस्तै कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई समेत सम्मान गर्ने गरेको बताउदै पुष्पलालले यो मुलक सुहाउँदो कम्युनिष्टको सिद्धान्त लेखेको उल्लेख गदै नेपालको सन्दर्भमा यो मुलुकमा समान अधिकार पाउनु पर्ने ,समावेशी अधिकार पाउनु पर्ने र मुलुकमा अशंको बाडफाड तिन करोड जनतामामा बराबरी हुनु पर्ने बताउदै २०४६ साल पछि यो मुलुकका तथाकथित सत्ता सञ्चालक पार्टीले प्रजातन्त्रको परीभाषालाई अन्योलमा राखेर जनतालाई ठगेको आरोप लगाउनुभयो ।

आफु यो प्रदेश नंं. २ सरकारको आर्थिक मामिला मन्त्रि भने पनि आफु प्रदेश नं. २को हिसाव किताब राख्ने मुन्सि रहेको उल्लेख गदै आफु यो प्रदेशको बजेटको हिसाब किताब हेर्दा यो मुलुकको ढुकुटीमा प्रदेश नं. २ का ५४ लाख मधेशीले १०० मा ३३ प्रतिशत राजस्व तिर्दै आइरहेको जानकारी गराउनुभयो ।
पुष्पलाल र बिपिका नाम बिर्गाने अनुयायीहरुले मधेशी जनताको छातिमा लात राखेर संबिधान जारी गरे पनि जालझेल गरेर सबै प्रदेशलाई आर्थिक बाडफाड गरी जम्मा २ प्रतिशत मात्रै प्रदेश नंं. २ दिएको र यो राजनितिक बेइमानी रहेको आरोप समेत लगाउनुभयो । उहाँले मुलुकको ढुकुटीमा जमा ३३ प्रतिशत गर्ने तर पाउने बेला जमा २ रुपैया मात्र पाउने यो सरासर बेइमानी रहेको र त्यस्ताका न्याय जनताले नै गर्ने बताउनुभयो ।


आर्थिक मामिला मन्त्रि यादवले सर्लाही कविलासि नगरपालिकाको दुवै गढीमाईलाई पर्यटकिय क्षेत्र बनाउने प्रतिबद्धता ब्यक्त गदै उहाँले आउने गढीमाई सम्ममा धर्मशाला समेत बनाउन बजेट बिनियोजन गरी निमार्ण समपन्न गराउने प्रतिबद्धता ब्यक्त गदै उहाँले छेउ बाटै बग्ने ढेग्रा नदीलाई स्तरोन्नती गर्दै अझै रमणिय बनाउन दुवै किनारामा घाट बनाउन पहल समेत गर्ने बताउनुभयो ।


सोही कार्यक्रमलाई सम्बोधन गदै मधेश प्रदेश समितीका सदस्य तथा सर्लाही क्षेत्र नं. २ क प्रदेश सभा सदस्य अशोक यादवले गढीमाई हिन्दुहरुको आस्थका केन्द्र रहेकोले आफु उल्लेख गर्दै आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।


त्यस्तै सर्लाही क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्य संजय यादवले आफुले गढीमाईको बिकासकालागि आफनो संसदीय कोषबाट २१ फिटको महादेवको मन्दिर निमार्ण गराउन सहयोग गरेको उल्लेख गदै आगामि दिन मा रनियाँ र जमुनियाको गढीमाई जोडने करीडोरको निमार्ण गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
सोही उदघाटन कार्यक्रममा कबिलासि नगरपालिकाका मेयर कौशल किशोर यादवले आफनो नगरपालिका भित्र दुई दुई बटा गढीमाईको मन्दिर रहेको खुशी ब्यक्त गदै सरकारसँग यसलाई प्रदेश नंं. २ कै पर्यटकिय स्थलको रुपमा बिकसित गर्न आग्रह समेत गर्नुभयो ।


कार्यक्रम कविलासि नगरपालिका वडा नंंं. ५ का वडा अध्यक्ष राम किशोर यादवको अध्यक्षतामा चलेको थियो । सो कार्यक्रममा कबिलासि नगरपालिका अध्यक्ष कौशल किशोर यादव, उपाध्यक्ष राधा देवी, कार्यक्रममा रनियाँ निवासि शिक्षक रामप्रताप रायले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रमका सञ्चालन समाजवादी पार्टीका नेता तथा स्थानिय राम सिहासन पटेलले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *