सर्लाही अस्पतालमा आगलागी


मलंगवा / सर्लाही मलंगवा स्थित सर्लाही जिल्ला अस्पतालमा शुक्रबार दिउँसो आगलागी भएको छ ।
आगलागीबाट औषधि लगायत विद्युतीय उपकरणसमेत जलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगलागि विद्युत् सर्ट भएर अस्पतालको माथिल्लो तल्लाबाट शुरु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले जानकारी गराउनुुभयो । प्रहरी उपरीक्षक भट्टराईले आगलागिबाट अस्पतालमा करिब सात लाख रुपैयाँ बराबरको धनमाल क्षति बताउनुभयो ।
स्थानीय वासिन्दा, प्रहरी र अस्पतालका कर्मचारीको सकृयतामा आगो नियन्त्रणमा लिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *