ईन्स्पेक्टर साह घुस रकम सहित पक्राउ

सर्लाही – सर्लाहीका एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) शुक्रवार जनकपुरबाट ९० हजार घुस रकम सहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत प्रहरी निरीक्षक रामकिशोर साहलाई ९० हजार रुपियाँ घुससहित अख्तियारका टोली पक्राउ गरेको हो । साह ठगी मुद्दा मिलाउन सहयोग गरिदिने भन्दै एक जनासँग घुस लिदै गर्दा पक्राउ परेका हुन् । जनकपुरधाम उपमहानगरपालिका–८ बाट घुस रकम सहित इन्सपेक्टर साहलाई अख्तियारका टोली पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धानको बर्दिबास कार्यालयले जनाएको छ । घुस रकम बुझ्नकै लागि साह सर्लाहीबाट जनकपुर पुगेको जनाइएको छ । साहलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि अख्तियारको टोलीले बर्दिबास कार्यालय ल्याएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *